
शुक्रबारबाट प्रदर्शनमा आएको रणबीर सिंहको अभिनय रहेको चलचित्र ‘सिम्बा’ले बलिउड बक्सअफिसमा शानदार कमाई गरेको छ । समिक्षक, सिनेमाकर्मी र मिडियाबाट पाएको वर्ड अफ माउथले सिनेमाले बक्सअफिसमा कमालको व्यापार गरिरहेको छ । रणबीर सिंहको अभिनयले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।
सिक्बाले पहिलो दिन बलिउड बक्सअफिसमा २०.७२ करोड ओपनिङ गरेको थियो । चलचित्रले दोस्रो दिन शनिबार २३.३३ करोड र आइतबार ३१.०६ करोडको कारोबार गरेको छ । चलचित्रले विकेन्डमा ७५.११ करोडको कारोबार गरेको छ । यहि रफ्तारमा कमाई गरे सिनेमाले २०० करोड बढिको कारोबार गर्ने बलिउड पण्डितहरुले जनाएका छन् ।
रोहित सेठ्ठीको निर्देशनमा तयार भएको चलचित्र ‘सिम्बा’रणबीरका अलवा सारा अली खान, सोनु सुद, सिद्धार्थ जाधव, आशुतोष राना लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने अजय देवगण र अक्षय कुमारको केमियो रोल सिनेमामा रहेको छ । ‘केदारनाथ’बाट उत्कृष्ट प्रतिक्रिया बटुलेकी सारा अलि खान ‘सिम्बा’मा रणबीर सिहंको छायाँमा परेको चर्चा बलिउड मिडियाले गरेका छन् ।

