एभरेष्ट सुर्य बोहराको नया चलचित्रमा अनमोल केसीको नायिका

गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘कृ’ मा अनमोल केसीको जोडीको रुपमा अभिनय गरेकी अदिती बुढाथोकी नयाँ चलचित्रमा अनुबन्धन भएकी छिन् । ‘कृ’ प्रदर्शन भए लगत्तै भारत गएकी अदितीले एभरेष्ट सुर्य बोहराले निर्देशन गर्ने चलचित्रमा काम गर्ने चर्चा सुरु भएको छ । ‘कृ’ पछी खाली हात बसेकी अदितीले बोहराले निर्देशन गर्ने चलचित्र ‘हेल्लो जिन्दगी’ मा काम गर्ने चर्चा सुरु भएको हो । तर यस बारे निर्देशक बोहरा र अभिनेत्री अदितीले केही बोलेका भने छैनन् ।फिल्मको केही दिनमै घोषणा गरिने बताईएको छ ।

यद्दपी अदितीको हात ‘हेल्लो जिन्दगी’ परेको भने चर्चा चलिरहेको छ ।निर्देशक बोहराले आफ्नो फेसबुकमा अदिती सँगको एउटा तस्बिर पोष्ट परेका छन् । उक्त फोटोमा राखिएको क्याप्सनमा बोहराले अदितिको खुलेर तारिफ गरेका छन् । उक्त पोष्टले पनि अदिती बोहराको फिल्ममा अनुबन्धन भएको प्रष्ट पार्दछ ।

‘कृ’ मा अभिनय गर्दाताका अदितीको निकै चर्चा भएको हो । अदिती सुन्दरताको कारण पनि चर्चामा रहेकी थिईन् । ‘कृ’ मा अदितीको अभिनय राम्रै रुचाईएको थियो । तर पनि अदितीले अन्य कुनै फिल्ममा काम नगर्दा भने फिल्म नै नपाएको अथवा पाएर पनि नगरेको भन्ने कुरा चलिरहेको छ ।

Namaste Filmy

Read Previous

रणबीर सिंहको अभिनित ‘सिम्बा’को बक्सअफिसमा शानदार कमाई

Read Next

अन्तत कादर खानको निधनको पुष्टि