दिपक र रोहितको फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गर्ने

दिपकराज गिरी र रोहित अधिकारीको ब्यानरले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्रको निर्देशक फाइनल भएको छ । रोहित अधिकारीको ब्यानर रोहित अधिकारी फिल्म्स र दिपकराज गिरीको आमा सरस्वती मुभिजको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशन दिपेन्द्र लामाले गर्ने पक्का भएको छ । सामाजिक सन्जाल फेसबुकमा एउटा स्टाटस राख्दै निर्माता तथा कलाकार दिपकराज गिरीले सो कुरा जनाएका छन् ।

स्टाटस मार्फत नयाँ बर्षको शुभकामना दिदै गिरीले चलचित्र अर्को बर्षको दसैंमा प्रदर्शन हुने समेत जानकारी दिएका छन् । चलचित्र निर्देशन गर्न लागेका निर्देशक लामाले यस अघी ‘घाम पानी’ नामक चलचित्र निर्देशन गरिसकेका छन् । निर्माता गिरीकै मुख्य अभिनय रहने भनिएको चलचित्रको लागि अन्य कलाकार तथा प्राविधिकहरु छनोट भईरहेको बताईएको छ ।

अनटाइटल्ड प्रोजेक्टमा निर्माता अधिकारीको एकल लगानी रहनेछ । फिल्मले ब्यापारिक रुपमा सफल भएको खण्डमा मुनाफा भने अधिकारी र गिरीले ५०-५० प्रतिशत बाड्नेछन् । निर्माता अधिकारीले यस अघी ‘गाजलु’ नामक चलचित्र निर्माण गरिसकेका छन् । जुन चलचित्र बक्स अफिसमा राम्रो छाप छोड्न सफल भएको थियो ।

Namaste Filmy

Read Previous

अन्तत कादर खानको निधनको पुष्टि

Read Next

नाना पाटेकरले संजय दत्तसँग फिल्म नखेल्नुको कारण यस्तो