नाना पाटेकरले संजय दत्तसँग फिल्म नखेल्नुको कारण यस्तो

नाना पाटेकर ६८ वर्षका भएका छन्। १ जनवरी १९४१ मा मराद, जंजीरामा जन्मिएका नाना पाटेकरले अनिल कपुर, जोह अब्राहिम, अमिताभ बच्चन, सलमान खान, र शाहरुख खानसहित कयौं स्टार्ससँग काम गरेका छन्। तर चर्चित अभिनेता संजय दत्तसँग स्क्रिनमा उनको भेट कहिल्यै भएन। यसको पछि एक कारण छ।

२६ वर्ष पहिला उनको एक प्रतिज्ञा, जुन उनले १२ मार्च १९९३ मा मुम्बईमा भएको सीरियल बम ब्लास्टपछि लिएका थिए। नानाले भनेका थिए, ‘म अब संजय दत्तसँग काम गर्दिन।’

नानाले एक अन्तर्वातामा भनेका थिए–मैले कहिल्यै आफ्नो करियरमा संजय  दत्तसँग काम गरिन  र भविष्यमा पनि गर्दिन। १९९३ मा जे भयो त्यसलाई सम्झिँदा मलाइ नराम्रो  लाग्छ। मलाइ थाहा छैन की उक्त घटनाकालागि संजय दत्त जिम्मेवार छन्। तर उनको हात नभएपनि म उनीसँग काम गर्न चाहन्न। त्यो किनभने उक्त बम काण्डमा मेरो भाइको निधन भएको थियो। न मेरो भाइको हिन्दु मुश्लिमसँग केही सरोकार थियो। यो कदम मैले उक्त घटनामा परेका सबैकालागि उठाएको हुँ।’

नानाले यस्ता दुई फिल्ममा काम गरेका छन् जसमा संजय दत्तको नाम जोडिएको छ। एक फिल्मको नाम हो ‘दश कहानियाँ’ (२००७) र अर्को फिल्म हो ‘ट्याक्सी नम्बर ९२११’ (२००६)। दुवै जना स्क्रीनमा सँगै देखिएनन्।
मार्च १९९३ मा मुम्बईमा भएको बम विस्फोटमा नाना पाकेकरका भाइका निधन भएको थियो। यो विस्फोट वर्लीमा एक बसमा भएको थियो, जसमा नाना पाटेकरका भाइ सवार थिए। संयोग वस नाना पाटेकरकी पत्नी त्यो भन्दा अगाडिको बसमा चढेकी थिइन्।
नत्र उनीपनि बम विस्फोटको शिकार हुने थिइन्।  श्रंगलाबद्ध रुपमा भएको १२ विस्फोटमा २५७ जनाको मृत्यु भएको थियो भने ७०० जना घाइते भएका थिए। यो घटनामा संजय दत्तको नाम पनि मुछिएको थियो। त्यसपछि नाना पाटेकरले संजय दत्तसँग काम नगर्ने प्रतिबद्धता जनाएका थिए।

Namaste Filmy

Read Previous

दिपक र रोहितको फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गर्ने

Read Next

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा (भिडियो )