चलचित्र ‘गोपी’को अनौठो शैलीमा प्रचार

पछिल्लो समय फिल्म प्रदर्शनका लागि अनेकौँ फण्डा अनपाउन थालिएको छ । आगामी माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘गोपी’ले आफ्नो प्रचारलाई ब्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ ।

केही समय अगाडि मात्र नेपाल भित्रिएको नेपाल कै एक मात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो । ‘पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले फिल्मको प्रचार हट एयर बलुन मार्फत गरेका हौँ’, फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले भने ।

दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म गोपी मा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायत कलाकारको मुख्य भूमिका रहेको छ । फिल्म प्रोमो सहित दुई गीत सार्वजनिक भैसकेका छन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा (भिडियो )

Read Next

चलचित्र ‘प्रेमनाथ’ को ट्रेलर सार्वजनिक (भिडियो)