रियल लाइफमै दुलाह बने आर्यन सिग्देल । फोटो फिचर ।

[dropcap][/dropcap]०७० साल बैशाख ६ गते शनिबार । नेपाली चलचित्र उद्योगका चक्लेटी हिरो आर्यन सिग्देलको लागी कहिल्यै नबिर्सने शुभदिन हुनेछ । किनकी यहि दिन उनी वैवाहिक बन्धनमा बाधिएका छन । उनले शनिबार आफनो प्रेमिका सपना भण्डारीसंग बिधिवत रुपमा विवाह गरेका हुन ।aryan 1 बानेश्वरस्थित एक पार्टी प्यालेसमा आर्यनले हिन्दु परम्पराअनुसार सपना लाई दुलहि बनाएका हुन । करिब ५ सय आफन्त र फिल्मकर्मीहरुको उपस्थिति रहेको विवाह समारोहमा आर्यन ढाकाको दौरा सुरुवाल र टोपीमा सजिएका थिए । उनीसंगै रहेकि सपना भण्डारी पनि स्वर्गकि परी भन्दा कम थिएनन । दुवैजना विवाह समारोहमा निकै खुशी देखिएका छन । आर्यनले फिल्मकर्मी तथा सञ्चारकर्मीहरुको लागी विवाह भोज भने भोली सांझ ५ बजे आयोजना गरेका छन । यसअनुसार सबैलाई निम्तो पनि बाडिसकेको बताइएको छ ।aryan-in2
फिल्मको पर्दामा कयौपटक दुलहा बनेका हिरो आर्यन र सपना बिगत केहि बर्षयता प्रेममा थिए । उनीहरुको भेट भने करिब चार बर्ष पहिले भएको बताइन्छ । सामजिक सञ्जाल फेसबुकमार्फत घनिष्ट बनेपछि सपनाले नै आर्यनलाई प्रेम प्रस्ताव राखेकी थिइन । करिब ५ महिनापहिले इन्गेजमेन्ट गरेपछि सबैलाई यी जोडीको विवाहको प्रतिक्षा थियो । पछिल्लो समय निकै ब्यस्तताका बाबजुद आर्यनले विवाहको लागी समय निकालेर सपनालाई दुलहि बनाएका हुन ।

यता आर्यनको प्रतिक्षित फिल्म नोभेम्बर रेन भने प्रदर्शनको संघारमा छ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मलाई भने हिरोको विवाहले कुनै असर नपर्ने फिल्मका निर्देशकको भनाई छ ।

थप फोटोहरु हेर्नुहोस :

image(1) aryan aryan-in2 aryan 1

Namaste Filmy

Read Previous

'स्पाइडर म्यान' फेरी आउदै ।

Read Next

'जे हुन्छ राम्रो कै लागि हुन्छ'- नायिका शुभेच्छा थापा ।