चलचित्र ‘प्रेमनाथ’ को ट्रेलर सार्वजनिक (भिडियो)

बुधबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘प्रेमनाथ’ को ट्रेलर सार्वजनिक गरिएको छ ।२५ सय वर्ष अगाडिको पौराणिक प्रेमकथामा निर्माण भएको चलचित्र ‘प्रेमनाथ’ ट्रेलर,  र प्रदर्शन मिति घोषणा सार्वजनिक गरिएको हो ।

चैत २२ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको चलचित्र ‘प्रेमनाथ’लाई गणेश वेलबासेले निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलर भने संवाद विहीन छ । निर्देशक वेलबासेले फिल्ममा आधुनिक र २५ सय वर्ष अगाडिको प्रेमकथा घोलिएको बताए ।

चलचित्र ‘प्रेमनाथ’ बाट राज थापा र कृति गौतमले डेब्यु गरेका छन् ।राज थापा, कृति गौतम, मीयुन गिरेल, मोनालिशा विस्ट, सुविर पण्डित, शेखर जंग मल्ल, गजित विस्ट, नविन श्रेष्ठ, कमल गाँउले, रमेश कुँवर, सिर्जना सुनुवार, राज कुमार सिटौला, पुजा रिजाल, गौरव भट्ट, राकेश, बिनोद सिंह, इशिका पौडेल, तेज जंग, धनवीर खत्री, सुरज पाण्डे लगायत निर्देशक गणेशको पनि अभिनय रहेको छ ।

चलचित्रमा द्वन्द्व भरत क्षेत्रीको तथा सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीले संगीत तथा नृत्य रजिन पाठकको रहेको छ । गुह्रेश्वरी वेलबासे निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा कपिल प्रसाद द्वा छन् । चलचित्रमा सुमन कार्की, सुरज पाण्डे र सञ्जय सहानीको संयूक्त छायांकन रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘गोपी’को अनौठो शैलीमा प्रचार

Read Next

बलिउडमा स्टार कलाकार नचम्किएको वर्ष भयो २०१८