साम्राज्ञी र पुष्पको चलचित्र ‘मारुनी’ भदौ १३ मा प्रदर्शन हुने

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र चक्लेटी नायक पुष्प खड्काले रोमान्स गर्न चलचित्र ‘मारुनी’ भदौ १३ मा प्रदर्शन हुने भएको छ ।पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गरिरहेको फिल्मले बुधबार वितरणका लागि एफडी कम्पनीसँग सम्झौता गर्दै प्रदर्शन मिति ‘लक’ गरेको हो ।

एफडी प्रमुख नरेन्द्र महर्जनले निर्माता तथा निर्देशकको माग बमोजिम प्रदर्शन मिति छानिएको बताए । ‘उहाँहरुले राम्रो फिल्म बनाउने कुरामा हामीलाई पूर्ण विश्वास छ । यही कारण हामी उहाँहरुसँग सहकार्य गर्न तयार भएका हौं,‘महर्जनले भने । निर्माता गौतमले पनि एफडीसँगको सहकार्यले फिल्मलाई लक्षित दर्शकसम्म पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । ‘ प्रदर्शन सिनेमा मेकिङपछिको महत्वपूर्ण पाटो हो । यो क्षेत्रमा उहाँहरुको लामो अनुभव छ । उहाँहरुसँगको सहकार्यपछि फिल्म लक्षित दर्शकसम्म पुग्ने कुरामा हामी थप विश्वस्त बनेका छौं,’ निर्माता गौतमले भनिन् । एफडीले काठमाडौबाहिर सम्पूर्ण रुपमा फिल्म वितरण गर्नेछ ।

नवल नेपालको निर्देशन चलचित्र ‘मारुनी’मा पुष्प खड्का, साम्राज्ञीराज्य लक्ष्मी शाह र रेबिका गुरुङ मुख्य भूमिकामा रहेका छन् । सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइसायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी आदि कलाकारको पनि अभिनय रहनेछ ।

त्रिकोणात्मक प्रेमकथा बताइएको फिल्मलाई गोविन्द फुयाँल र निर्देशक नवल नेपाल स्वयं मिलेर लेखेका हुन् । सन्जय लामाको छायांकन रहने फिल्म माघको अन्तिम साताबाट फ्लोरमा जाने निर्माण टिमले जानकारी गराएको छ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहने छ । फिल्ममा निर्माणमा पुनमलाई अजय पोखरेल र राजा प्रधानले सघाउने छन् ।

Namaste Filmy

Read Previous

बलिउडमा स्टार कलाकार नचम्किएको वर्ष भयो २०१८

Read Next

चलचित्र ‘देउता’को सुपरहिट गीत 'पिरतीको मिठो तिर्सना'‘विर विक्रम २’मा रिमेक (भिडियो)