चलचित्र ‘देउता’को सुपरहिट गीत 'पिरतीको मिठो तिर्सना'‘विर विक्रम २’मा रिमेक (भिडियो)

चलचित्र ‘विर विक्रम २’को पहिलो गीत सार्वजनिक गरिएको छ ।मनाङ र मुस्ताङमा २३ लाख बढी खर्च गरिएर छायांकन गरिएको भनिएको यस गीतमा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक ‘पिरतीको मिठो तिर्सना…’ बोलको गीतमा रञ्जीत गजमेरको संगीत रहेको गीतको रिमेक भर्सनमा ताराप्रकाश लिम्बु र मेलिना राईको स्वर छ । गीतमा केही फरक गर्न खोजेको कोरियोग्राफर कविराज गहतराजले बताए । भिडियोमा वर्षासँग दुई नायकको केमेस्ट्री सुहाएको देखिन्छ ।

चलचित्र ‘देउता’को सुपरहिट गीतको शब्द भेट्रान निर्देशक तुलसी घिमिरे र कुसुम गजमेरले लेखेका हुन् । यो गीतको आर्जिनल भर्सनमा भारती घिमिरे र इन्द्रजित मिजारको स्वर रहेको छ । निर्देशक मिलन चाम्सले यो गीतलाई ओर्जिनल भर्सनको भिडियो भन्दा धेरै फरक बनाउन प्रयास गरेको बताए ।

मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको ‘विर विक्रम २’को रिलिज भने अर्को बर्ष हुने बताइएको छ ।चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमामा अर्पण सापकोटा सह निर्माता रहेका छन् ।

चलचित्रमा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत रहेको यस चलचित्रमा सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

साम्राज्ञी र पुष्पको चलचित्र ‘मारुनी’ भदौ १३ मा प्रदर्शन हुने

Read Next

दीपिकाको विवाहपछि अनस्क्रिन किसिङको बारेमा यस्तो प्रतिक्रिया