'जे हुन्छ राम्रो कै लागि हुन्छ'- नायिका शुभेच्छा थापा ।

राजेन्द्र कार्की ।
miss-nepal-nepali-movie[dropcap][/dropcap]गामी जेठ ८ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र मिस नेपालको चर्चा निकै चुलिएको छ । बैशाख ५ गते अष्ट्रेलिया र नेपालमा एक साथ रिलिजको तयारीमा लागिरहेकी चलचित्रकी निमात्री तथा नायिका शुभेच्छा थापाले बैशाख ४ गते एकाएक पत्रकार सम्मेलन गर्दै रिलिजको डेट जेष्ठ ९ गते सरेको जानकारी दिएकी थिइन ।बहुप्रतिक्षित यस चलचित्र देशको अधिकांश चलचित्र गृह मार्फत प्रर्दशनको चाहना राखेकी नायिका तथा निमात्री शुभेच्छा थापाले जे हुन गइरहेको छ राम्रै कै लागि हुन गइरहेको छ भन्ने प्रतिक्रिया दिनु हुँदै जेष्ठ ९ गते पनि चलचित्र मिस नेपाल प्रर्दशनका लागि उपयुक्त समय रहेको बताउनु भयो । नेपालमा प्रत्येक वर्ष हुँदै आइरहेको सुन्दरी प्रतियोगिताको वीजयतालाई प्रदान गरिने सम्मान मिस नेपाल बन्नको लागि एउटा महिलाले धेरै संघर्ष र त्याग गर्नु परेता पनि बास्तविक सम्मानीत मिस नेपाल त ति महिलाहरु हुनु पर्दछ जसले समाज र राष्ट्रका लागि केहि योगदान पु¥याएका हुन्छन भन्ने चलचित्रको मुख्य सन्देश रहेको छ । साथै मिस नेपाल को पद प्राप्तीको समय सम्म केहि संभावीत शोषणका झलकहरु समेत चलचित्र मार्फत देखाउन खोजीएको छ । मोडल तथा नायिका क्षितिजा शाक्यको समेत प्रशंसनिय तथा बेजोड अभिनय रहेको यस चलचित्रमा कल्याण घिमिरे, सविन श्रेष्ठ लगायतकाको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

रियल लाइफमै दुलाह बने आर्यन सिग्देल । फोटो फिचर ।

Read Next

पोर्न फिल्म र हिन्दी फिल्म पछि तामिल फिल्म पनि छोडिनन सन्नी ले ।