‘सिम्बा’ले पहिलो हप्तामा कमायो १५० करोड ,रोहित शेट्टीको चर्चा

रोहित शेट्टीको निर्देशनमा बनेकाे रणवीर सिंह र सारा अली खानको फिल्म ‘सिम्बा’ डिसेम्बर २८ मा प्रदर्शन भएसँगै बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ ।

‘सिम्बा’ ले एक हप्तामा एक सय ५० करोड माथिको व्यापार गरेको छ । १ सय कराेडभन्दा धेरैको व्यापार गर्दै निर्देशक रोहित शेट्टीका लागि समेत नयाँ कीर्तिमान कायम गरिदिएको छ । बलिउड फिल्म उद्योगमा कैयाैं फिल्म निर्माण गरिसकेका निर्देशक रोहित शेट्टीको यो आठौं फिल्म हो । जसले लगातार बक्स अफिसमा एक सय करोडको व्यापार गर्न सफल भएको छ ।

बलिउड फिल्म उद्योगमा कुनै पनि निर्देशकका ८ वटा फिल्मले लगातार १०० करोडको व्यापार गरेको यो पहिलो पटक हो । प्रदर्शनको पहिलो हप्ता दिनसम्म आइपुग्दासमेत फिल्म ‘सिम्बा’ ले दर्शकको भिडलाई फिल्म हलसम्म तानिरहेको छ ।फिल्मले पहिलो हप्ता १५०.८१ करोडको व्यापार गरेको छ ।

रोहित शेट्टीले धेरैजसो फिल्म अजय देवगनलाई लिएर बनाएका छन् । फिल्म ‘सिम्बा’ मा समेत अजय देवगनको फिल्म ‘सिंघम’ फिल्मको अगाडिको कहानी रहेको छ । जसमा अजय देवगनको केमियो रोल रहेको छ ।भारतीय व्यापार विश्लेषक तरण आदर्शले रोहित शेट्टी बलिउड फिल्म उद्योगमा एकपछि अर्को गर्दै लगातार १०० करोड कमाउने फिल्म बनाउने पहिलो निर्देश बनेको भन्दै ट्वीट गरेका छन ।
रोहित शेट्टी निर्देशित फिल्म ‘गोलमाल ३, सिंघम, बोल बच्चन, चेन्नई एक्सप्रेस, सिंघम रिटर्नस, दिलवाले, गोलमाल अगेन, सिम्बा’ ले १०० करोडको व्यापार गर्दै रोहितलाई किर्तिमानी निर्देशक बनाइदिएका हुन् ।

रोहित शेट्टी बलिउडमा एक्शन डायरेक्टरको रुपमा चिनिन्छन् । उनका फिल्महरुमा गाडीहरुका खतरनाक स्टण्टहरु समावेश गरिएको हुन्छ । फिल्म ‘गोलमाल’ देखि ‘सिम्बा’ सम्म रोहितले दर्शकका लागि खतरनाक स्टण्टहरु प्रस्तुत गरेका छन् । लगातार ८ वटा फिल्मले १ सय करोडको व्यापार गरेसँगै रोहित शेट्टीलाई हिट मशिन भन्दै सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछाने विवाह गर्दै

Read Next

हट मोडल सोनिका र नायिका सुष्मा कार्की एकसाथ भिडियोमा