अमेरिकामा चलचित्र 'पंचायत' बाट निता ढुगांनालाई फेरी अर्को अवार्ड

गत बर्ष चैत्रमा प्रदर्शनमा आएको चलचित्र ‘पंचायत ‘बाट यो बर्ष मात्रै निता ढुगांनाले चार वटा अवार्ड जित्न सफल भएकी छिन् ।चलचित्र ‘पंचायत ‘बाट अधिकांश अवार्ड समारोहमा निताले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन ।

अमेरिकामा हालै सम्पन्न भएका ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा अभिनेत्री निता ढुुगांनाले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । निताले यो वर्ष ‘डिसिने अवार्ड’, ‘एलजी सिने सर्कल अवार्ड’ र अहिले आएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’सँगै एक अन्तराष्ट्रिय अवार्ड गरि चार अवार्ड हात पारिसकेकी छन् ।

चलचित्र पंचायतलाई शिवम अधिकारीले लेखन तथा निर्देशक गरेका हुन् । चलचित्रमा सरोज खनाल र नीता ढुंगानाको मुख्य भूमिका रहेको थियो ।चलचित्रलाई संचारकर्मी रबि अधिकारी ,गणेश गिरि ,शंकर सुबेदी र सुसान्त श्रेष्ठले मिलेर निर्माण गरेका हुन् ।

अहिले निता ढुगांनाले भोजपुरी सिनेमा ‘शेर ए हिन्दुस्तान’ र नेपाली सिनेमा ‘साइनो’, ‘दि कर्मा’मा काम गरेकी छन् । भने ‘बकम्फुसे राजा’ छायांकनको तयारीमा रहेको छ । यसका अलवा निताले थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।

Namaste Filmy

Read Previous

‘गरुड पुराण’ मा कर्मका दुई रुप तन्नेरी र बुढा

Read Next

'चौका दाउ' लाई पिजी सर्टिफिकेट