'चौका दाउ' लाई पिजी सर्टिफिकेट

 पौष २७ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चौका दाउ’ को सेन्सर पास भएको छ । चलचित्रको आज सेन्सर पास भएको हो । चलचित्रले सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट प्राप्त गरेको छ । सेन्सरले चलचित्रमा समावेश केही दृश्य हटाउदै ‘पिजी’ अर्थात ‘प्यारेन्टस गाईड’ सर्टिफिकेट दिएको हो । अब चलचित्र हेर्नका लागि १६ बर्ष नपुगेका बालबालिकाहरु आफ्नो अभिवावकको साथ हलमा जानु पर्नेछ ।

 

पूणेन्दु झा निर्देशित यस फिल्ममा विल्सन विक्रम, रबिन्द्र झा , सन्तोष पन्त , तैयब शाह, अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देललगायतको अभिनय रहेको छ।शम्भुजित बास्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन्। सिनेमामा शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

अमेरिकामा चलचित्र 'पंचायत' बाट निता ढुगांनालाई फेरी अर्को अवार्ड

Read Next

दीपिकालाई एसिड आक्रमणको धम्की