दीपिकालाई एसिड आक्रमणको धम्की

बिग बोस–१२ की विजेता दीपिका इब्राहिम कक्कडलाई एसिड आक्रमणको धम्की आएको छ। मोसल मिडियामा आफूलाई श्रीसंतका फ्यान बताउने एक युजर्सले दीपिकामाथि एसिड आक्रमणको धम्की दिएका हुन्। दीपिकाका फ्यानले यसको जानकारी प्रहरीलाई गराइसकेका छन्।

ट्वीटमा दीपिकाविरुद्ध गलत भाषा प्रयोग गर्दै ती युजर्सले भनेका छन्, तिमीलाई कही देखेभने तिम्रो मुखमा एसिड फालेर मार्नेछु। यस ट्वीट देख्ने वित्तिकै दीपिकाका फ्यान अलर्ट भएका हुन। उनीहरुले नै यसको जानकारी मुम्बई प्रहरीलाई गराएका छन्। बिग बोस १२ को ट्रफी श्रीसंतको हातमा नपरेपछि उनका फ्यान निरास छन् भने दीपिकादेखि रुष्ट छन्।

Namaste Filmy

Read Previous

'चौका दाउ' लाई पिजी सर्टिफिकेट

Read Next

चलचित्र 'बुलबुल'को प्रचारको नयाँ शैली (भिडियो)