
मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माणमा चलचित्र ‘दाल भात तरकारी’को छायाँकन सकिएको छ ।५१ औं दिनको नियमित छायाँकन पछि चलचित्र सकिएको प्रस्तुतकर्ता किरण केसीले जानकारी दिए । ‘सोचेभन्दा सजिलोसँग फिल्मको छायाँकन सकियो’ कलाकार तथा सबै निर्माण टिमलाई धन्यवाद ।’
चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य,निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बसुन्धरा भुषाल, सन्तोष पन्त, शिवहरि पौडेल, किरण केसी, राजाराम पौडेल, बर्षा राउत, , शिशिर वाङ्देन, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।चलचित्रको आइटम गीत प्रियंका कार्कीलाई देख्न सकिन्छ।
चलचित्रलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।चलचित्रको कथा ,पटकथा , संवाद तथा गीत हरिवंश आचार्यले लेखेका हुन् ।चलचित्रको छायांकन चितवन तथा राजधानीको विभिन्न ठाउमा गरिएको हो ।
मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् ।चलचित्र १३ बैशाख प्रदर्शनमा आउदैछ ।

