'बुलबुल' को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘बुलबुल’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेको चलचित्रको ट्रेलरमा उनी नै हाबी भएकी छिन् । ट्रेलरमा स्वस्तिमालाई दुरुस्तै टेम्पो चालक देखिएको छ । स्वस्तिमाको हुलिया र बोल्ने शैलीले टेम्पो चालकको पात्रलाई न्याय दिएको छ । सार्वजनिक ट्रेलरमा नव अभिनेता – मुकुन भुषालले पनि राम्रो स्पेस पाएका छन् । चलचित्र कथा अभिनेत्री स्वस्तिमाको जीवन वरीपरी घुमेको छ ।

बिनोद ढकालको कथा तथा निर्देशक रहेको चलचित्रलाई अबिरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा स्वस्तिमा र मुकुनको अलवा, जोएस पाण्डे, लक्ष्मी बर्देवा, दिपक क्षेत्री, उज्ज्वल अधिकारी, एलिना कार्की लगायतको मुख्य अभिनय रहेको छ । फाल्गुन ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई सुशन प्रजापतीले खिचेका हुन् । यस अघी चलचित्रले ‘खुद्रा खुद्री माया’ बोलको गीत र २ वटा टिजर सार्वजनिक गरिसकेको छ ।

Namaste Filmy

Read Previous

बन्ने भयो 'परदेशी २'

Read Next

राजिव गुरुङ उर्फ दिपक मनाङेले फिल्म बनाउने