राजिव गुरुङ उर्फ दिपक मनाङेले फिल्म बनाउने


राजिव गुरुङ उर्फ दिपक मनाङेले फिल्म बनाउने भएका छन् । मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार मनाङेले फेरी अर्को चलचित्र बनाउन लागेका हुन् । उनले यस अघी ‘वान वे’ निर्माण गरेका थिए । उक्त चलचित्रमा उनका छोरा सिद्धार्थ गुरुङको अभिनय रहेको थियो । सोही फिल्मबाट सिद्धार्थले चलचित्रमा डेब्यु गरेका थिए ।
उनको चलचित्रलाई शिशिर राणाले निर्देशन गर्ने बताईएको छ । फिल्मका लागि राणा र मनाङे बिच औपचारिक सम्झौता बुधवार भएको छ । विवाह पछी श्रीमान श्रीमती बिच हुने प्रेमको कथा चलचित्रमा रहने छ । चलचित्रको लागि निर्देशक फाइनल भए पनि कलाकार भने केही दिनमा फाइनल हुने निर्देशक राणाले बताएका छन् ।
कास्टिङ लाइनअप फाइनल भएपछी चैत अन्तिम साताबाट फ्लोरमा जाने बताईएको छ । चलचित्रमा समावेश एक गीत भने रेकर्ड भईसकेको छ ।श्याम बहादुर थापा प्रस्तुतकर्ता रहने चलचित्रको कार्यकारी निर्मातामा रघु परियार र किरण नेपाली रहने छन् ।

Namaste Filmy

Read Previous

'बुलबुल' को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

चलचित्र ’प्रेमलीला’को ट्रेलर सार्वजनिक ( भिडियो)