सलमान खानको ‘दबंग ३’ र रणवीर कपूरको ‘ब्रम्हास्त्र’ भिड्ने


बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ को छायाकंनको काम लगभग सकिसकेको छ । यो फिल्म इदको अवसरमा २०१९ जुन ५ मा रिलिज हुनेछ । यो फिल्मबाहेक सलमान खानको अर्को फिल्म ‘दबंग ३’ पनि यसै वर्षको क्रिसमसको अवसरमा रिलिज हुनेछ । खबरहरुका अनुसार सलमान खानको फिल्म ‘दबंग ३’ र रणवीर  कपूरको फिल्म ‘ब्रम्हास्त्र’ एकसाथ प्रदर्शन हुनेछ । यस अनुसार वर्ष २०१९ मा सलमान खान र रणवीर  कपूरबीच फिल्मका माध्यमबाट भिडन्त हुनेछ ।

फिल्म ‘दबंग ३’ को छायाकंनको काम अप्रिल महिनादेखि सुरु हुने कुरा सलमान खानका भाइ अरबाज खान स्वयंले बताएका छन । फिल्मको स्क्रिप्ट पनि फाइनल भइसकेको छ तर अहिले नै फिल्मको लोकेसन भने फाइनल भइसकेको छैन । सलमान खानका साथै अभिनेत्री सोनाक्षी सिन्हा, माही गिललगायतको अभिनय रहने यस फिल्मको छायाकंन भने प्रभु देवाले गर्नेछन् ।


यता अभिनेता रणबिर कपूर पनि फिल्म ‘ब्रम्हास्त्र’ को छायाकंनमा व्यस्त छन् । यस फिल्मको निर्देशन अयान मुखर्जीले गरिरहेका छन् ।‘ब्रम्हास्त्र’ मा अभिनेता रणबिर कपूरका साथै आलिया भट्ट, अमिताभ बच्चन र मौनी रोयको पनि प्रमुख भूमिका रहेको छ । फिल्म ‘ब्रम्हास्त्र’ ३ भागमा बन्नेछ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘प्रसाद’का दुई गीत करोड क्लबमा

Read Next

फागुन ९ देखि १३ सम्म अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने