चलचित्र प्रचार प्रसारको लागि ‘गोपी’ युनिट चितवन, युनिट गाईपालक कृषक गोपीको घरमा

माघ १८ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोपी’युनिट यति बेला मोफसल यात्रामा निस्किएको छ।चलचित्रका मुख्य कलाकार बिपिन कर्की र बर्षा रावत सहित चलचित्रका लेखक सामिप्यराज तिमल्सेना तथा कार्यकारी निर्माता श्रीधर पौडेलले चलचित्रको प्रचार प्रसारको लागि शनिबार चितवन आएका हुन् ।

पत्रकार भेटघाटमा चलचित्रका लेखक सामिप्यराज तिमल्सेना चलचित्र गाइपालनमा आधारित रही निर्माण गरिएकाले कृषि क्षेत्रलाई माया गर्नुपर्ने सकारात्मक सन्देश समाजमा दिन खोजेको जानकारी दिनु भयो ।बिशेष गरेर पछिल्लो समय युवा वर्ग विदेशिने क्रम बढेकोले यस चलचित्रले त्यस्ता युवालाई देशमा केहि गर्न सकिने हौसला दिने बताउनु भयो ।उहाँले युवा पुस्तामा बढ्दै गएको स्वदेश र कृषिप्रतिको वितृष्णालाई केही हदसम्म भएपनि न्युनिकरण गर्ने चलचित्रको उद्देश्य रहेको बताउनुभयो।

चलचित्रकी मुख्य नायिका वर्षा रावतले मौलिक कथामा आधारित चलचित्र सम्पर्ण वर्गका दर्शकले हेरेर सही सन्देश लिन आग्रह गर्नभयो। साथै उहाँले कृषकहरुकै कथामा आधारित भएकाले विशेषगरी गाईपालक किसानले छुटाउनै नहुने चलचित्र बनेको समेत जोड दिनुभयो।

यस्तै चलचित्रका मुख्य नायक गोपी अर्थात् विपिन कार्कीले विदेशको मोह त्यागी स्वदेशमै कृषिकै क्षेत्रबाट पनि सुन फलाउन सकिने सन्देश यस चलचित्रले बोकेको बताउनुभयो।पत्रकार भेटघाटमा बिपिनले गाई सग काम गर्दा धेरै नै गारो भएको बताउनु भयो ।

यता चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल यस चलचित्रले देशमा नै युवालाई केहि गर्न हौसला गर्ने बताउदै एक पटक सबैले चलचित्र हेर्न आग्रह गर्नु भयो ।पौडेलले चलचित्र १ करोड ५० लाखको लगानीमा निर्माण भएको जानकारी दिनु भयो ।

शनिबार चितवनमा पत्रकार भेटघाट कार्यक्रम अघि चलचित्र युनिट पश्चिम चितवनको मंगलपुर ठुलो गढी स्थित गाईपालक कृषक गोपी ढकालको घरमा पनि भेटघाट गरेको थियो।शनिबार नै चलचित्र युनिटले पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सवमा पुगेर चलचित्र गोपिको बारेमा जानकारी गराएका थिए ।

आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशन गरेका हुन्। चलचित्रमा बिपिन र बर्षा सगै सुरक्षा पन्त , भोला सापकोटा, अन्कित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमली आदिको पनि अभिनय रहेको छ । सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।शनिबार र आईतबार चितवनको विभिन्न ठाउँ तथा संचारमध्यम बाट चलचित्रको बारेमा जानकारी दिदै चलचित्र युनिट आईतबार बुटवल हुदै पोखरा पुग्ने कार्यक्रम रहेको छ ।

Namaste Filmy

Read Previous

‘अन्दाज अपना अपना’ काे रिमेकमा रणवीर सिंह र वरुण धवन

Read Next

चलचित्र 'रणवीर' टोली पोखरामा ,रणवीरमा भष्टाचार र बेथिती बिरुद्धको एक्सन