चलचित्र ‘रणवीर’ को स्याड गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘रणवीर’ को नयाँ गीत सार्वजनिक भएको छ । स्याड भर्सनको नयाँ गीतमा फिल्मका रणवीर अर्थात सुशील सिटौलाको प्रेम वियोगलाई देखाइएको छ । नायिका सुपुस्पा भट्टले सुशीलको प्रेमलाई स्वीकार नगर्दाको अवस्थालाई यसमा चित्रण गरिएको छ । ‘मान्न चाहन्न’ बोलको सार्वजनिक गीतमा हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको छ भने यसमा शब्द र संगीत हर्कुलसकै रहेको छ ।

यस चलचित्र मार्फत सुबेक्षा खड्का पनि डेब्यु गर्दैछिन् । फिल्ममा सुशील सिटौला शिर्ष भूमिका अर्थात रणवीरको भूमिकामा छन् । यसमा प्रशान्त ताम्राकार टिका पहाडी , नरेश पौडेल , रवी गिरी र हरिहर शर्मा ,जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।

फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ ।

रणबीरमा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, राजनराज शिवाकोटा, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछोन, गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ ।चलचित्र माघ १८ गते बाट प्रदर्शनमा आउदैछ ।

Namaste Filmy

Read Previous

बालगायक प्रिन्स सिलवालको पहिलो गीतको म्यूजिक भिडियो सार्वजनिक

Read Next

अमेरिकामा अनमोल केसीले नायिका सुहाना थापा सग रोमान्स गर्दै