फिल्मीखबर डटकमको 'ओफा अवार्ड' आउदो जेठ २६ मा ।

OFA[dropcap][/dropcap]गामी जेठ २६ गते दोस्रो अनलाइन फिल्मीखबर अवार्ड ओफा आयोजना हुने भएको छ । फिल्मीखबर डटकमको आयोजनामा हुन लागेको ओफ मा बि।सं २०७० सालमा प्रदर्शनमा आएका फिल्म र त्यसमा कार्यरत फिल्मीकर्मीहरुको लोकप्रियतालाई आधार मानेर ‘ओफा अवार्ड’ दिइने छ । गतबर्षबाट बितरण गर्न थालिएको यो अवार्डमा दर्शकको एसएमएस र अनलाइन भोटिङलाई मुख्य आधार बनाइनेछ । ओफ अवार्डमा गतबर्ष १३ विधा समावेश गरिएको थियो भने यसबर्ष ४ वटा विधा थप गरी १७ बिधामा अवार्ड दिइनेछ । गतबर्षजस्तै यसपटक पनि उत्कृष्ट प्रदर्शक, लाइफटाइम एचिभमेन्ट अवार्डलाई निरन्तरता दिइने भएको छ भने गतबर्षको जुरी अवार्डलाई क्रिटिक्स अवार्डमा रुपान्तरण गरिएको छ । अवार्डको नोमिनेशनमा पर्न सफल चलचित्र तथा चलचित्रकर्मीहरुको नाम छिट्टै एक औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिनेछ ।

Namaste Filmy

Read Previous

लण्डनमा चलचित्र 'हँसिया'को रेड कार्पेटमा प्रिमियर।फोटो फिचर।

Read Next

चर्चित निर्देशक शोभित बस्नेतको यो कस्तो सोख ?