चलचित्र ‘प्रेम दिवस’मा नायिका प्रियंका कार्की 'तिम्रो छेउ सरु कि म’ भन्दै (भिडियो)

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रो छेउ सरु कि म’ बोलको गीतमा गायिका अन्जु पन्तको स्वर छ ।गीतमा शब्द तथा संगीत महाराज थापाको रहेको छ।

गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ । चलचित्रको यो गीतमा कुनै एक यूवतीले आफ्नो सपनाको राजकुमारलाई कल्पिएर मनको कुरा व्यक्त गर्न खोजेको देखाइएको छ ।भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने मानकृष्ण महर्जनले छायांकन गरेका हुन् ।

योगेश घिमिरेको निर्देशन रहेको चलचित्र ‘प्रेम दिवस’ आउँदो बर्षको जेठ ३ गतेबाट रिलिज हुने छ । लभ स्टोरी यस चलचित्रमा प्रियंका कार्की, आयुषमान देशराज जोशी, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्री कृष्ण लुइटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई संजय न्यौपानेको निर्माण गरेका हुन् । रेनिश फागोको छायाँकन, मिलन श्रेष्ठ र बनिश शाहको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।फिल्मको गीतमा महाराज थापा, महेश खडका, दीपक शर्मा, करण राज कार्कीको संगीत, डा. कृष्ण हरी बराल, शान्ती प्रिया, बवि थापा, सन्तोष थापाको शब्द, अन्जु पन्त, निशान भट्टराई, मेलिना राई, किरण राज कार्कीको स्वर रहेको छ । कथा लेखन प्रदीप भारद्वाजको रहेको छ ।

Namaste Filmy

Read Previous

रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज ,बैशाखमा बिवाह गर्ने

Read Next

शर्मिला पाण्डेको चलचित्र ‘घर’को छायांकन सुरु