रोहित शेट्टीको ‘सूर्यवंशी’मा अक्षय कुमार र ज्याक्लिन फर्नान्डेजले रोमान्स गर्ने

रोहित शेट्टी सुपरहिट फिल्म दिन जती माहिर छन् त्यती नै एउटा फिल्मको सेटमा हुँदा हुँदै अर्को फिल्म बारे योजना बनाउन माहिर मानिन्छन् । हालै मात्रा रोहितको ‘सिम्बा’ ले धमाकेदार ब्यापार गर्न सफल भयो । ‘सिम्बा’ रोहितको करियरको सबै भन्दा सफल फिल्म बनेको छ ।

‘सिम्बा’ को सफलता लगत्तै रोहित अर्को फिल्मको तयारीमा जुटिसकेका छन् । ‘सिम्बा’ फ्लोरमा रहेकै बेला उनले उक्त फिल्म बनाउने योजना बनाएका थिए । उनको अर्को फिल्मको नाम हो ‘सूर्यवंशी’ । अक्षय कुमारलाई लिएर उनले ‘सूर्यवंशी’ बनाउने योजना बनाएका हुन् । जस अनुरुप ‘सूर्यवंशी’ मा अक्षय कुमार रहने यस अघी नै पक्का भईसकेको थियो । रोहित फिल्ममा हिरो भन्दा पनि हिरोईन छान्न समय लिने गर्दछन् । ‘सूर्यवंशी’मा त्यस्तै भएको छ ।

केही दिन अघी सम्म ‘सूर्यवंशी’ मा कटरिना कैफ अक्षय को अपोजिटमा रहने चर्चा चलेको थियो । तर हालै आएर रोहितले त्यसको खण्डन गरेका छन् । ‘सूर्यवंशी’ मा कटरिना अक्षय को अपोजिटमा रहने कुरामा कुनै सत्यता नभएको रोहितले बताएका छन् । यस्तै उनले फिल्मको लागि ज्याक्लिन फर्नान्डेज सँग कुरा गरेको खुलासा भएको छ । अक्षय को अपोजिट रोलका लागि ज्याक्लिन सँग कुरा भएको र ज्याक्लिनको समय मिलेको खण्डमा उनी नै फिल्मको हिरोईन हुनेछिन् । अक्षय र ज्याक्लिनले यस अघी ‘ब्रदर्स’ मा सँगै काम गरेका थिए । फिल्मको लागि करिना कपुर सँग पनि कुरा भएको तर करिनाबाट कुनै जवाफ नआए पछी अब ज्याक्लिन नै अक्षयको हिरोईन हुने पक्का पक्की जस्तै रहेको छ ।

Namaste Filmy

Read Previous

बलिउडका सात महँगा आईटम गर्ल्स

Read Next

चलचित्र “रणवीर” टोली चितवनमा