चलचित्र “रणवीर” टोली चितवनमा


यही माघ १८ गतेबाट देशभरिका सिनेमा हलमा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र “रणवीर”को टोलीले चितवनमा पत्रकारहरुसंग भेटघाट गरेको छ ।आफ्नो चलचित्रको बारेमा जानकारी दिने उद्देश्यले “रणवीर”को टोली चितवन आईपुगेको हो ।

फिल्मका निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी , कलाकारहरुमा नरेश पौडेल , सुशील सिटौला , सुबेक्षा खड्का र सुपुस्पा भट्टले सञ्चारकर्मीसँग साक्षात्कार गरेका हुन् । सुशीललाई नै रणवीर बनाउनुको कारण र सुबेक्षाले डेब्यु फिल्म रणवीरनै रोज्नुको कारण बारे स्थानीय सञ्चारकर्मीले जिज्ञाषा राखेका थिए ।

सुशील सिटौला फिल्मको लागि कडा मेहनत गरेको बताए । मैले तौल मात्र बढाईन , रणवीर बन्न कडा मेहनत समेत गरेको छु । फिल्ममा मैले एउटा युवाको भूमिका निर्वाह गरेको छु , जसले माया , मित्रता र परिवारसँगै राष्ट्रको लागि पनि केहि गर्छु । मैले अघिल्ला फिल्ममा गरेको काम भन्दा पनि यसको कामलाई हेरेर मलाइ मुल्यांकन गरिदिनु होला ।

सुबेक्षा खड्का यस फिल्मलाई डेब्यु रोज्नुको कारण कथावस्तु नै हो । यसमा मेरो रोल मात्र होइन , यो सब्जेक्ट नै राम्रो छ । पछिल्लो समय बनिरहेका फिल्मको तुलनामा यो टेक्निकली मात्र होइन कथा वस्तुको हिसाबले पनि राम्रो छ । मेरो क्यारेक्टर पछिल्लो समय आइरहेका फिल्मको तुलनामा फरक नहोला तर फिल्म नै एउटा राम्रो प्याकेज बनेको छ ।

सुपुस्पा भट्टले फिल्ममा आफ्नो क्यारेक्टरले केहि न केहि छाप पक्कै छाड्ने छ । फिल्ममा म अडिसन मार्फत छानिए । एउटा राम्रो टिम पाएपछि मैले मौकाको सदुपयोग गरेकी हु ।

साउथ इण्डियन फिल्म टिममा समेत काम गरिसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा टिका पहाडी , रवी गिरी , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । सन् २०१२ कि मिस इन्टरनेशनल सुबेक्षा खड्का पनि यसैफिल्मबाट डेब्यु गर्दै्छिन् ।

फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

Namaste Filmy

Read Previous

रोहित शेट्टीको ‘सूर्यवंशी’मा अक्षय कुमार र ज्याक्लिन फर्नान्डेजले रोमान्स गर्ने

Read Next

‘१०० कडा १०’ करियरकै उत्कृष्ट चलचित्र :राजाराम पौडेल