आलोकलाई आफनो फिल्म निर्देशनको जिम्मा दिए सुदर्शनले

फिल्म निर्देशकको रुपमा आफनो छवि बनाएको निर्देशक सुदर्शन थापाले धन्दा, मधुमास पछि अब नयां फिल्म ‘अझै पनि’ को निर्माण गर्ने भएका छन । रमाइलो कुरा त यहानेर छ कि सुदर्शन आफै एक कुशल निर्देशक भएर पनि आफैले निर्माण गर्ने फिल्मको निर्देशन गर्ने जिम्मा भने आलोक नेम्वाङलाई दिएका छन । आखिर किन त ?aaआलोक एक राम्रो फिल्म निर्देशक भएको र उनको उपस्थिति फिल्ममा ग्याप भएकोले उनलाई फिल्म क्षेत्रबाट टाढा नराख्न आफुले यसो गरेको सुदर्शन बताउछन । यता तीन बर्ष पछि फिल्म निर्देशन गर्न लागेका आलोक भने आफु अहिले नै फिल्ममा हात हाल्ने सोच नभए पनि सुदर्शनको कन्भिनसिङ पावरले आफु फिल्म गर्न तयार भएको बताए । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको लागी कलाकारहरुको छनौट हुन भने बाकि छ । फिल्मका गीतहरुमा हरी लम्साल, महेश खडका, सचिन सिहं र राजनराज शिवाकोटिले संगीत दिएका छन । सुदर्शन थापासंगै पुनम गौतम पनि निर्माता रहेको फिल्मको छयांकन अगामी बैशाखबाट सुरु गरिनेछ । सोमबार फिल्मको एउटा प्रेम दिवस स्पेशल गीत रिलिज गरिएको छ । गीतमा हरि लम्सालको स्वर र संगीत रहेको छ भने संजीव थापाको शब्द रहेको छ ।

Namaste Filmy

Read Previous

नेपाली नायिका बंगलादेशी चलचित्रमा ।

Read Next

प्रेमिकालाई सेन्सर बोर्डबाट यू सर्टिफिकेट ।