शाहरुख खानको ‘डन ३’ छायांकनको तयारीमा

सुपरहिट बलिउड फिल्म ‘डन दि चेज बिगिन्स’ को सिक्वेल ‘डन ३’ को स्क्रिप्ट तयार भएको छ । ‘डन’ र ‘डन २’ को सफलता पछी ‘डन ३’ बन्न लागेको हो । ‘डन ‘ सन् २००६ मा रिलिज भएको थियो भने ‘डन २’ २०११ मा रिलिज भएको थियो । दुई सिरिजको सफलता पछी बन्न लागेको तेस्रो सिरिजको नाम ‘डन – दि फाइनल चेप्टर’ राख्ने तय भएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार ‘डन ३’ को स्क्रिप्ट तयार भएको छ र छिट्टै फ्लोरमा जाने तयारी रहेको छ । फिल्मको लागि अन्य कलाकारहरु फाइनल भईसकेको पनि लिड अभिनेत्री भने अझै फाइनल हुन सकेको छैन । शाहरुख खानले प्रियंका चोप्डालाई ‘डन ३’ आफ्नो अपोजिटमा देख्न चाहेका छन् । तर निर्माण युनिट भने नयाँ अभिनेत्रीको खोजीमा रहेको छ ।

स्रोतका अनुसार शाहरुख ‘डन ३’ कै लागि भनेर राकेश शर्माको बायोपिक फिल्ममा हात झिकेका छन् । ‘डन ३’ मा निर्देशक फरहान अख्तरको पनि अभिनय रहने बताईएको छ ।फिल्ममा अख्तरको भूमिका निकै महत्वपूर्ण हुने स्रोतको दाबी रहेको छ । फिल्म यही बर्षको मे बाट फ्लोर जाने योजना रहेको छ ।

Namaste Filmy

Read Previous

‘१०० कडा १०’ करियरकै उत्कृष्ट चलचित्र :राजाराम पौडेल

Read Next

विक्की कौशलको फिल्म ‘उरी'ले कमायो १०० करोड