विक्की कौशलको फिल्म ‘उरी'ले कमायो १०० करोड

बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ ले बलिउड फिल्म उद्योगमा एक नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । यस फिल्मले १०० करोडको व्यापार गर्दै सानो बजेटमै बनेका फिल्महरु मध्ये कम समयमै १ सय करोडको व्यापार गर्ने पहिलो फिल्म बनेको छ । फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ ४० करोडको बजेटमा बनेको हो ।

पाकिस्तानी आतंककारीहरुको हमलापछि भारतीय सैनिकले गरेको सर्जिकल स्ट्राइकमा आधारित कहानीमा फिल्म निर्माण भएको छ । फिल्मले प्रदर्शनको १० औं दिनमा १ सय करोड कमाएको हो ।

सन् २०१९ को जनवरी ११ मा प्रदर्शनमा आएको यस फिल्मले प्रदर्शनको पहिलो दिनमै ८ करोड २० लाख रुपैयाँ कमाएको थियो । त्यसपछि प्रदर्शनको पाँचौं दिनमा ५० करोड कमाएको थियो भने आठौं दिनमा ७५ करोड र १० औं दिन सम्ममा १ सय करोडको व्यापार गर्न सफल भएको छ ।चलचित्रले सोमबार सम्म ११५ करोड ८७ लाख कमौना सफल भएको छ ।

निर्देशक आदित्य धारको निर्देशन रहेको फिल्म ‘उरी द सर्जिकल स्ट्राइक’ मा अभिनेता विक्की कौशलका साथै यामी गौतम र परेश रावलको पनि महत्वपूर्ण भूमिका रहको छ ।

Namaste Filmy

Read Previous

शाहरुख खानको ‘डन ३’ छायांकनको तयारीमा

Read Next

बन्ने भयो चलचित्र ‘बद्री बहादुर’ ,पुजा शर्मा र सलोन बस्नेत बिशेष भूमिकामा