दीपकराज गिरी र रोहित अधिकारीको फिल्मलाई दीपेन्द्रले निर्देशन गर्ने

‘छक्का पञ्जा’ सिरिज निर्माण गर्दै आएको आमा सरवती मुभिज र रोहित अधिकारी फिल्मस्ले संयुक्त रुपमा बनाउन लागेको चलचित्रलाई दीपेन्द्र ले निर्देशन गर्ने भएका छन् ।

आमा सरवती मुभिज र रोहित अधिकारी फिल्मस्ले बुधबार निर्देशक लामासँग अनुबन्धको सम्झौता गरेका छन् । चलचित्र आउँदो दसैंमा रिलिज हुने भनिए पनि फिल्मको नाम र कलाकार भने तय भइसकेको छैन ।लामा

सामाजिक विषयवस्तुमा निर्माण गरिने उक्त चलचित्रको दीपकराज गिरीले स्क्रिप्ट लेखिरहेका छन् । फागुन अन्तिम साताबाट छायांकनमा जाने यो चलचित्रलाई लिएर रोहित निक्कै आशावादी देखिएका छन् ।
लामाले ‘घामपानी’ चलचित्र निर्देशन गरिसकेका छन् भने उनको निर्देशन रहेको चलचित्र ‘गोपी’ यही माघ १८ गते रिलिज हुँदैछ ।

Namaste Filmy

Read Previous

सबैले हेर्न पाउने चलचित्र ‘१०० कडा १०’, युनिभर्सल सर्टिफिकेट

Read Next

‘सानो मन’मा आयुष्मान र शिल्पाले रोमान्स गर्ने ,चलचित्रको शुभ मुहूर्त