चलचित्र ’यात्रा'को पोस्टरमा सलिन र मालिकाको प्रेम र मित्रता

चलचित्र ’यात्रा अ म्युजिकल भ्लग’ को पोष्टर सार्वजनिक गरिएको छ ।निर्माण पक्षले फिल्को तिन पोष्टर सार्वजनिक गरेको हो , जसमा राइजिङ् स्टार सलिन मान बानियाँ र मालिका महतको प्रेम र मित्रता साथै फिल्मका मुख्य कलाकारहरुको लुक्सलाई देखाइएको छ ।यात्राको क्रममा आउने घटनाक्रमलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

चलचित्रमा सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्र ’यात्रा’लाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको छन् भने बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । यस चलचित्रको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

फिल्ममा कथा पनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । चलचित्रलाई संजय लामाले छायांकन गरेका हुन् भने कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन रहेको छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । चलचित्र चैत्र २९ गते बाट प्रदर्शनमा आउदैछ ।

Namaste Filmy

Read Previous

‘सानो मन’मा आयुष्मान र शिल्पाले रोमान्स गर्ने ,चलचित्रको शुभ मुहूर्त

Read Next

चैत्र ८ मा आउने भयो अनुप विक्रम शाहीको चलचित्र ‘कप्स’