बलिउड फिल्म '२ स्टेटस'को बक्सअफिसमा उत्कृष्ट सुरुवात ।

[dropcap][/dropcap]त शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘२ स्टेटस’ ले बक्स अफिसमा उत्कृष्ट सुरुवात गरेको रिपोर्ट आएको छ । फिल्मले सुरुवाती ३ दिनमा ४० करोड भन्दा बढिको ब्यापार गर्न सक्ने देखिएको छ ।2-States-Cover-Pic1फिल्मले प्रदर्शनको पहिलो दुई दिनमा २४.५५ करोड कलेक्सन गरिसकेको छ । शुक्रबार फिल्मको कलेक्सन १२.४२ करोड रहेको थियो भने शनिबार १२.१३ करोड रहेको थियो । आइतबारको कलेक्सन त्यो भन्दा पनि अधिक हुन सक्ने बिश्लेषक हरुको भनाई छ ।
भारतीय ट्रेड बिश्लेषकहरुका अनुसार फिल्मले यसबर्ष सलमान खानको जय हो पछिको उत्कृष्ट ब्यापार गर्न सक्ने बताएका छन ।
फिल्म ‘२ स्टेटस’मा आलिया भट्ट र अर्जुन कपुरको मुख्य भुमिका रहेको छ । साजिद नाडियाडवाला र करण जोहरको प्रस्तुति रहेको फिल्मले गत अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म भुतनाथ रिटन्र्सको ब्यापारलाई सजिलै उछिन्ने देखिएको छ ।

Namaste Filmy

Read Previous

चर्चित निर्देशक शोभित बस्नेतको यो कस्तो सोख ?

Read Next

एकअर्कामा समर्पित छन रणवीर र कैटरीना ।