‘द कार्टुन्स क्रु’को केटी फकाउने मास्टर प्लान सार्वजनिक (भिडियो)

नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन्स क्रु’ को नयाँ भिडियो सार्वजनिक भएको छ । ‘द कार्टुन्स क्रु’ को फिचरिङ्ग रहेको डान्सिङ फ्लेवरको ‘मास्टर प्लान’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा अहिलेकी बहुचर्चित गायिका मेलिना राईको आवाज रहेको छ । मेलिनालाई गायनमा सुन्दर भिकेटीले साथ दिएका छन् । गीतमा खेमराज थापाको शब्द तथा शंकर थापा ‘स्माइल’ को संगीत रहेको छ । गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने लाक्पा लामाले सम्पादन गरेका हुन् । कार्टुन्स क्रु कै कोरियोग्राफी रहेको गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

वलिउड आइटम गर्ल राखी सावन्तले विराटनगरवासीलाई नचाउने

Read Next

चलचित्र ‘बद्री बहादुर’को छायांकन सुरु