एकअर्कामा समर्पित छन रणवीर र कैटरीना ।

[dropcap][/dropcap]छिल्लो समय अभिनेता ऋतिक रोशन र कैटरिना कैफ नजिकिएको समाचार हल्लामात्रै भएको पुष्टि भएको छ । यो समाचार गलत भएको र ऋतिक कैटको साथी मात्र रहेको कैट निकट केहि ब्यक्तिहरुले पत्रकारका बीच बताएका छन ।‘क्याट्रिना रणवीरसँगको सम्बन्धलाई लिएर गम्भीर छिन् । ऋत्विक त उनका साथीमात्रै हुन्,’ उनीहरूले भने, ‘क्याट्रिना रणवीरप्रति निकै समर्पित छिन् । र, पहिलोपटक आफ्नो करिअरमा कामभन्दा सम्बन्धलाई बढी महत्त्व दिएकी छिन् ।’ranbir and kat
उनीहरूका अनुसार क्याट्रिना यसभन्दा पहिले कहिल्यै पनि आफ्नो सम्बन्धको विषयमा स्पष्ट थिइनन् । तर, पहिलोपटक उनले आफ्नो जीवनमा रणवीर सबथोक भएको बताएकी छिन् । त्यसैले छायांकनबाट फुर्सद मिल्नेबित्तिकै उनी रणवीरसँग समय बिताउने गरेको पनि उनीहरूले खुलासा गरे । उनीहरूले भने, ‘यहाँसम्म कि उनी रणवीरलाई भेट्न श्रीलंकासमेत पुगिन्, जहाँ रणवीरको फिल्म बाम्बे वेलवेट छायांकन भइरहेको थियो । रणवीर मुम्बईमै रहेका वेला त क्याट्रिना उनको पाली हिलस्थित बंगलामा बस्छिन् । रणवीर यात्रामा भएका वेलामात्रै उनी बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा पुग्छिन् ।’
पछिल्लो समय उनीहरूबीच भएको मनमुटाव पनि ‘हल’ भइसकेको साथीहरूको दाबी छ । एकअर्काविना खुसी हुन नसक्ने निष्कर्षसाथ उनीहरूले आफ्नो मनमुटाव अन्त्य गरेको साथीहरूले बताए । दुवैले एकअर्कालाई पर्याप्त समय दिने वाचासमेत यस क्रममा गरेका साथीहरूले जानकारी दिए । एजेन्सी

Namaste Filmy

Read Previous

बलिउड फिल्म '२ स्टेटस'को बक्सअफिसमा उत्कृष्ट सुरुवात ।

Read Next

उपयुक्त कथावस्तु र असल नियतले निर्माण गरेका चलचित्रहरुले मनग्यै आम्दानी गरिरहेका छन् ः निर्माता बस्नेत