चलचित्र ‘साङ्लो’ मा विराज भट्टले मिस नेपाल निकिता चाण्डकसग रोमान्स गर्ने

एक्सन स्टार विराज भट्टले निर्देशनमा डेब्यु गर्न लागेको चलचित्र ‘साङ्लो’ मा २०१७ की मिस नेपाल निकिता चाण्डक लिड हिरोइनमा अनुबन्ध भएकी छन् । शुक्रवार साँझ निकिता र विराजबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ । अब फिल्ममा यी दुई जोडीको रुपमा देखिनेछन् ।

यसअघि निकिताले फिल्म ‘रानीमहल’ साइन गरेकी थिइन् । यो फिल्म आधा छायांकन नसकिँदै निर्देशक र निर्माताबीचको लफडाका कारण रोकिएपछि उनले केही हप्ता अगाडि मात्र ‘रानीमहल’ छाडेको बताएकी थिइन् ।

विराज स्वयंको अभिनय, निर्माण, निर्देशन र कथामा बन्ने फिल्म पूर्ण रुपमा एक्सनप्रधान हुनेछ । काठमाडौं, पोखरालगायतका स्थानमा खिचिने फिल्ममा नवराज शर्मा एडीको रुपमा रहनेछन् ।

Namaste Filmy

Read Previous

नेपाल आइडलका प्रताप दासले सुन्दरी गायिका भावनालाई रोजेपछि (भिडियो)

Read Next

चलचित्र ‘जोकर जादुगर २’ को कमेडी ट्रेलर सार्वजनिक (भिडियो)