सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले मन’मा पूजासग आकाश र सोनमले रोमान्स गर्ने

सुदर्शन थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को औपचारिक घोषणा गरिएको छ ।आइतबार राजधानीमा एक भव्य कार्यक्रम आयोजन गरेर चलचित्रको चलचित्रको घोषणा गरिएको हो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित रहने चलचित्र ‘सम्हालिन्छ कहिले मन’ नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ । चलचित्रमा गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्यको पनि मुख्य भूमिका रहनेछ ।

कार्यक्रममा नायिका पूजा शर्माले भनिन्–‘दर्शकले हाम्रो चलचित्रलाई विश्वास गर्नुभएको छ । यसैले यसपटक भने हामी राम्रो चलचित्र निर्माण गर्ने तयारीमा छौ । दर्शकले मलाई ‘गीत’को क्यारेक्टरमा फेरि हेर्न चाहनुभएको छ । यसपटक यो भन्दा पनि विशेष भूमिकामा दर्शकले हेर्न पाउनुहुनेछ ।’

अभिनेता आकाश श्रेष्ठले फिल्ममा जोडिन पाउँदा खुशी व्यक्त गर्दै भने, ‘दर्शकको माया र टिमको विश्वासका कारण म यो फिल्ममा जोडिएको छु । तपाईहरुको विश्वास अनुसार राम्रो काम गर्नेछु ।’ नव–नायक तथा गायक सोनम तोप्देनले भने, ‘म नेपाली फिल्म खेल्दैछु । दर्शकले पक्कै पनि माया दिनुहुनेछ ।’ फिल्ममा सोनमको गीत पनि रहेको छ । कार्यक्रममा सोनमले चलचित्रमा समावेश एउटा गीत गाएर पनि सुनाएका थिए ।

निर्देशक सुदर्शन थापाले दर्शकले यसअगाडि दिएको मायालाई यसपटक पनि कमजोर हुन नदिने बताए । चलचित्रले प्रेमको कथालाई बोल्ने उनको भनाई छ । चलचित्रको छायांकन यूके र नेपालमा गरिनेछ । फेव्रुअरी ९ बाट यो चलचित्रको छायांकन यूकेमा गरिनेछ ।
चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा रहनेछ ।चलचित्रलाई अमित बस्नेतले निर्माण गर्दैछन् । चलचित्रमा, परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् भने यो चलचित्रका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘रणवीर’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

Read Next

साउथका महंगा नायक रबि तेजा