प्रकास सपुतले अञ्जली अधिकारीलाई ‘काभ्रे घुम्न बोलौदै (भिडियो )

नेपाली मौलिकपना बोकेको गीत ‘बोल माया’ले २०१८ भरी तहल्का मच्चायो । यो गीतको भिडियोमा फिचर थिए गायक प्रकास सपुत र मोडल अञ्जली अधिकारी । ‘बोल माया’को सफलतापछि यो जोडीको व्यस्तता यति बढ्यो कि लेखि साध्य छैन भन्दा फरक नपर्ला ।

त्यसपश्चात विभिन्न समयमा विभिन्न गीतमा सँगसँगै देखिएका प्रकाश र अञ्जली पुनः एक पटक एकसाथ आएका छन् । गायक गोविन्द तिमिल्सिनाको पछिल्लो गीत ‘काभ्रे घुम्न आऊ’ बोलको गीतमा प्रकाश र अञ्जलीलाई एकसाथ कम्मर मर्काउँदै गरेको देख्न सकिन्छ ।
शुक्रबार युट्युवमा रिलिज गीतको भिडियोलाई स्मृति तिमिल्सिनाले ‘गुरुआमा’ले निर्देशन गरेकी छिन् भने स्वर गोविन्दसँगै टिका पुन को छ । शब्द एरेन्ज विष्णु तामाङले गरेको छन् भने गितको संगीत भीमसेन खतिवडाले गरेका छन ।

गीतको सम्पुर्ण छायाँकन काभ्रेमै गरिएको छ । रविन बजगाइँले क्यामेरा चलाएका छन् । प्रकाश धमलाको सम्पादन रहेको गीतको भिडियो एलआरएस म्युजिक एण्ड फिल्मस् को तर्फबाट बजारमा आएको हो । गायक गोविन्दको पछिल्लो रिलिज गीत ‘ज्यान भुतुक्कै’ले राम्रो चर्चा कमाएको थियो ।

Namaste Filmy

Read Previous

शिव परियारको चर्चित गीत “आँशुको अर्थ “लाई युट्युबमा करोड भ्यूज (भिडियो)

Read Next

अपिल बिष्टको चलचित्र ‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक (भिडियो)