सलिनमान बनिया अभिनित चलचित्र ‘यात्रा ’ को टिजर सार्वजनिक (भिडियो)

बिहिबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘यात्रा ’ को टिजर सार्वजनिक गरिएको छ ।चैत्र २९ मा रिलिज गरिने फिल्मको टिजरमा क्यारेटर लुक्ससँगै कथालाई पनि केहि हदसम्म प्रस्ट्याउने प्रयास गरिएको छ ।

डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मार्फत नै दर्शकको मनमा बस्न सफल राइजिङ स्टार सलिन मान बनिया अभिनित फिल्म यसवर्षको प्रतिक्षित फिल्म मध्य एक हो । झन्डै एक मिनेट लामो टिजरमा उनको रोमान्टिकसँगै एक्सन अवतारलाई पनि समेटिएको छ ।

कार्यक्रममा सलिनमान बनियाले आफुलाई निकै भाग्यमानी ठान्छु किनकी दोस्रो फिल्ममा आइपुग्दा नै यति धेरै माया पाइरहेको छु । यो मायालाइ बढाउने प्रयास रहने नै छ । फिल्ममा मलाइ रोमान्टिकसँगै एक्सन अवतारमा पनि देख्नु हुनेछ ।

यस्तै निर्देशक सम्राट शाक्य यात्राको यात्रा सहज थिएन , त्यसैले यसको हरेक सहयात्री प्रति आभारी छु । निकै खुसि लागेको छ , यत्रो समय बिताएपछि डेब्यु गर्ने मौका अवसर र चुनौतीसँगै पाएको छु । यो फिल्ममा सलिन छ यसैले पनि यसलाई मैले अवसर र चुनौतीको रुपमा लिएको हु । सरल फिल्म बनाउने कोसिस गरेको छु ।

निर्माता केशव भट्टराई यात्राको यात्रा आजबाट सुरु भएको छ । हामीले यात्रालाई सहज र सरल बनाउने कोसिस गरेका छौ । फिल्मलाइ विना सम्झौता तयार गरेका छौ । अहिलेको मेकिङ्ग अनुसार नै फिल्मलाई तयार गरेका छौ । फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्छ ।

चलचित्रमा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मालिका महतले डेब्यु गर्दैछिन् । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।
सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्म ‘यात्रा ‘लाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।
सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् भने फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् । चलचित्रको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।
चलचित्रमा संजय लामाको छायांकन कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , रहेको छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

Namaste Filmy

Read Previous

भरतपुर महानगर र धुर्मुस–सुन्तली फाउण्डेशन बीच अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सम्झौता

Read Next

फ्राइडे रिलिजमा “रणवीर”,गोपी’ र '१०० कडा १०'को भिडन्त