`मेरो बेष्ट फ्रेण्ड`को अडियो बिमोचन ।

सुजन भट्ट ,काठमाण्डौ ।
[dropcap]बै[/dropcap]शाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’को सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको  प्रोमो र गीत सार्वजनिक गरेको छ ।10299287_10202388536339181_884632413_nकार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले आफ्नो भूमिका चलचित्रमा छोटो भएपनि फरक रहेको बताइन् । अर्की नायिका प्रियंका कार्कीले अभिनयका हिसाबले आफ्नो पहिलो सिनेमा भएतापनि खुबै मिहिनेत गरेको जानकारी दिइन् । नायक रेश महरठ्ठाले सिनेमामा आफ्नो भूमिका नौलो खालको रहेको जनाए । सो कार्यक्रममा बोल्दै चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड”का निर्देशक प्रशन्न पौडेलले फिल्म निर्माणमा लामो समय लागेपनि दर्शकलाई राम्रो खुराक पस्किने जमर्को गरेको बताए । कार्यक्रममा चलचित्रको अडियो पनि बिमोचन गरिएको थियो ।10268212_10202388536179177_1712209487_nआशावादी फिल्मसको प्रस्तुतीमा प्रजिता बज्रचार्यको निर्माण रहेको फिल्म निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका हुन । उनले यसअघि म्युजिकल लभस्टोरी फिल्म स्वर निर्देशन गरेका थिए ।फिल्म मेरो बेस्ट फ्रेन्डमा सुगम पोखरेल, राजनराज शिवाकोटी, प्रमोद खरेल तथा आशुशेन लामाको संगीत रहेको छ । त्यस्तै फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्धन्द तथा बिदुर पाण्डेको छायांकन रहेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा फिल्मका निर्देशक प्रसन्न पौडेल भने पब्लिसिटीमा निकै लागीपरेका छन । उनको यो दोस्रो फिल्म हो ।10261833_10202388536539186_678363410_n 1481274_10202388535779167_851597980_n

Namaste Filmy

Read Previous

उपयुक्त कथावस्तु र असल नियतले निर्माण गरेका चलचित्रहरुले मनग्यै आम्दानी गरिरहेका छन् ः निर्माता बस्नेत

Read Next

बन्ने भयो 'आर्या' । 'डि कम्पनी' प्रदर्शनको लागी तयार ।