वरिष्ठ कलाकार वि.एस राणाको निधन

वरिष्ठ कलाकार वि।एस राणाको निधन भएको छ । ७८ वर्षको उमेरमा शुक्रवार बिहान टिचिङ अस्पतालमा उनको निधन भएको हो । स्वासप्रस्वासमा समस्या आएपछि उनी करीब एक हप्ताअघि अस्पताल भर्ना भएका थिए । अन्तिम समयमा उनको मुटुमा समस्या देखिएको अस्पताल स्रोतले बतायो ।
नरेन्द्रशम्सेर जबरा र राजकुमारी देवीको जेष्ठ सुपुत्रको रूपमा काठमाडौंमा जन्मिएका उनलाई कुनै बेला नेपाली सेक्सपियर नामले चिनिने गरिन्थ्यो । उनले १२ दर्जन बढी फिल्ममा अभिनय गरेका छन् ।
वि।सं। २०४१ सालमा फिल्म अन्यायु बाट रजतपटको अभिनय यात्राराम्भ गरेका राणाले कोसेलीु, चिनोु, दक्षिणा दुई थोपा आँशुु, नेपाली बाबुु, करोडपतिु, अपराधु, माया त माया होु, वसन्तीु, देशु, कसले चोर्‍यो मेरो मनु, सेतो बाघु लगायतका फिल्ममा आफ्नो निख्खर अभिनय कौशल देखाएका थिए ।
उनले ुसिद्धार्थु र ुवसन्तीु चर्चित नाटकको निर्देशन समेत गरेका छन् । ललितपुरको बागडोल बासिन्दा उनी श्रीमती र दुई छोरीका साथ जीवन व्यतित गर्दै आइरहेका थिए । उनको अंग्रेजी लवज मिसिएको बोलिले सबैलाई लोभ्याउने गर्दथ्यो । उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् ।

Namaste Filmy

Read Previous

बहुप्रतिक्षित अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक

Read Next

चलचित्र ‘काउसो’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)