
भिडियो निर्देशक तथा गायक सशान कंडेलको आवाजमा रहेको ‘बच्पन’ बोलको भिडियो सार्वजनिक भएको छ। निकै नै उत्कृष्ट शब्द , संगीत र आवाजमा तयार भएको गीतमा भिडियो पनि बालापनको याद दिलाउने गरि उत्कृष्ट ढंगबाट बाट बनाइएको छ।
गीतमा सम्योग गुरागाइ र सशानको शब्द रहेको छ भने संगीत पनि गायक सशान कंडेलको नै रहेको छ। गीतमा सशान कंडेल ,सुरेश कंडेल, मोति अधिकारी, श्याम सापकोटा लगायतलाई फिचरिंग गरिएको छ ।
गीतको भिडियोमा बुद्ध थापा, ओम प्रसाइ र सुलव अधिकारिको छायांकन रहेको छ ।गीतलाई बिकास दाहालले सम्पादन गरेका हुन भने निर्देशन स्वयंम गायक सशानको नै रहेको छ।

