चलचित्र ’सरौतो’ निर्माणको घोषणा

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’सरौतो’ घोषणा गरिएको छ । एक्सन जनरामा बन्ने फिल्मलाई हरी हुमागाईले निर्देशन गर्नेछन् । सिनेम्याटोग्राफरको रुपमा चिनिएका हरीले केहि एड र भिडियो निर्देशन गरिसकेका छन् । उनले भिडियोपछि फिचर फिल्म निर्देशनमा हात हालेका हुन् ।

स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सह (निर्माताको रुपमा श्री महर्जन रहेका छन् । घोषणा कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्त वीर लामाले शुभकामना दिएका थिए ।

सुमी मोक्तानले फिल्मको तयारीको लागि झन्डै २ वर्ष देखि विभिन्न प्रशिक्षण लिईरहेको छु । यसको लागि आफुलाई तयार गर्न मैले कुनै कसर बाकि राखेको छैन । यसमा मेरो एक्सन र ग्लामार दुवै अवतारलाई दर्शकले हेर्न पाउनेछन् ।

हरी हुमागाईंले आफुले छायाँकारको रुपमा सिकेको कुरालाई म्युजिक भिडियो निर्देशनमा समेटेको थिए । आज फिल्म निर्देशनमा आउदैछु । तर यसमा काम भने हामि सबैले गर्ने हो । टिमको साथ् र सहयोगले हामीले यतिबेला सोचेको कथालाई पर्दामा देखाउन सक्छु भन्ने विश्वास छ ।

एक्सन र रिभेन्जको कथामा बन्ने फिल्ममा सुमी मोक्तान , सन्नी सिंह , विजय लामा , युवराज लामा , आमिर गौतम , अरुणा कार्की , पराकर्म पीजेबी राणा , सम्पदा दाहाल , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , मनोज तामांग लगायतको अभिनय रहेको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , राजकुमार उप्रेतीको एक्सन रहनेछ ।

चलचित्रमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको संगीत रहनेछ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहनेछ ।फिल्मको छायांकन माघ २२ बाट सुरु हुनेछ भने यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका स्थानमा छायांकन गरिनेछ ।

Namaste Filmy

Read Previous

प्रदीप र जसिताको‘लभ स्टेशन’को गीतको छायांकन भियतनामको ,चैत २२ मा रिलिज हुने

Read Next

चलचित्र ‘व्वाईफ्रेन्ड’ को ट्रेलर र गित सार्वजनिक,फागुन १० मा रिलिज हुदै (भिडियो)