
यहि फागुन १० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘व्वाईफ्रेन्ड’को एक साथ ट्रेलर र गित सार्वजनिक गरिएको छ । चलचित्रको निर्माण पक्षले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि एकै पटक गित र ट्रेलर रिलिज गरेको हो ।
चलचित्रमा सरोज खनाल,पुस्कर रेग्मी ,सोनाम थापा ,महिमा सिलवाल,कृष्ण खनाल,मोहन निरौला,शेखर के.सी ,सोभा भण्डारी, पुजा थापा लगायत कलाकारहरु को अभिनय रहेको छ ।
कार्यक्रममा निर्देशक घिमिरेले ‘हतारमा ग्रलफ्रेन्ड/व्वाईफ्रेन्ड बनाउदा टिनेजमा के कस्ता समस्याहरु आइपर्छ भन्ने बिषय बस्तुलाई चलचित्रमा दर्शाएको बताए ।
चलचित्रको प्रस्तुतकर्ता सुर्य बुढाथोकी हुन् भने निर्माता कृष्ण खनाल रहेका छन । चलचित्रमा कृष्ण चापागाई को लेखन, कृष्ण श्रेष्ठ को छायांकन, शंकर महर्जन को द्न्द , पुनम राइ,राजेन्द्र र कमल राइ को कोरियोग्राफी रहेको छ । चलचित्रलाई संगीत भने टंक बुढाथोकी,सोनाम शेर्पा र के.के सिं ले दिएका छन ।

