बन्ने भयो 'आर्या' । 'डि कम्पनी' प्रदर्शनको लागी तयार ।

[dropcap]ने[/dropcap]पाली कथानक चलचित्र आर्या को निर्माण हुने भएको छ । पछिल्लो समय अत्यन्त ब्यस्त रहेका निर्देशक राजु गिरीको निर्देशनमा फिल्म बन्ने भएको हो । फिल्मको सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी औपचारिक घोषणासमेत गरिएको छ ।aryaअगामी असारमा छयांकन थालिने फिल्मलाई कृष्ण श्रेष्ठले निर्माण गर्न लागेका हुन । फिल्ममा शुभेच्छा थापा, महेन्द्र यादव, अनुष्का शर्मा, रिमेश बराल, प्रकाश गौतम, सुजन न्यौपाने लगायतको अभिनय रहनेछ । हिमाल केसीको द्धन्द रहने फिल्ममा बिकास थापाको नृत्य, अर्जुन पोखरेलको संगीत रहनेछ । फिल्म पुर्णतय प्रेमकथामा आधारीत रहने बताइएको छ ।
यसैबीच सोहि कार्यक्रममा नै प्रदर्शनको लागी तयार फिल्म डी कम्पनीको बारेमा पनि जानकारी गराइएको छ । फिल्म आर्याकै निर्माण युनिट तथा कलाकारहरुको अभिनय रहेको फिल्मलाई निर्देशन भने मनोज श्रेष्ठले गरेका हुन । कार्यक्रममा फिल्मको ट्रेलर तथा गीतसमेत देखाइएको थियो । रिलिज मिति नतोकिए पनि आउदो जेठ ताका रिलिज गरिने जनाइएको छ

Namaste Filmy

Read Previous

`मेरो बेष्ट फ्रेण्ड`को अडियो बिमोचन ।

Read Next

"राधा'ले गर्यो च्यारीटी सो