
पत्रकार रवि लामिछाने सँग कानुनी विवाह गरेकी निकिता पौडेलले चलचित्र बिकास बोर्डको अध्यक्ष पदबाट राजिनामा दिएकी छिन् । पछील्लो समय ब्यक्तिगत जीवनमा ब्यस्त भएको कारण बिकास बोर्डबाट राजिनामा दिएको पौडेलले बताईन् । पौडेलले सुचना तथा संचार मन्त्री गोकुन बास्कोटालाई रजिनामा पत्र बुझाएकी छिन् । माघ २३ गते बुधवार (आज ) बाट लागु हुने गरी राजिनामा दिएकी हुन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै निकिताले रजिनामा दिएकी हुन् ।
सामाजिक सन्जाल मार्फत बिकास बोर्डबाट राजिनामा दिएको जानकारी दिदै पौडेलले भनिन् – ‘ब्यक्तीगत जीवनमा ब्यस्त हुनु पर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस भनी मैले यो निर्णय लिएकी हुँ ।’ पौडेल बि स २०७४ मङ्सिर २५ गते तत्कालिन मन्त्री पेरिषदबाट बोर्डको अध्यक्ष पदमा नियुक्त भएकी थिईन् । यस्तै पौडेलले आफ्नो तीन महिनाको तलब उनका श्रीमान् रवि लामिछानेको संयोजकत्वमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई दिएको जनाएकी छिन् ।
यस अघि बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।उनलाई चौमासिक समीक्षा बैठकका लागि पत्राचार गरिएको थियो । पत्राचार गर्दा पनि बोर्डमा उपस्थित नभएको र अनुपस्थितिबारे कुनै जानकारी पनि नगराएको भन्दै स्पष्टीकरण को माग गरेको हो ।
मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६ का लागि चौमासिक समीक्षा बैठक राखेको राखेको थियो । तर, बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित थिइन् । चलचित्र विकास बोर्डको प्रगति सुनाउने कुरामा बोर्ड अध्यक्ष अनुपस्थित भएपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा प्रश्न सोधेका थिए ।मन्त्रालयले बोर्डको काम सन्तोषजनक नभएका कारण पनि स्पष्टीकरण माग गरेको थियो । उनले बिकास बोर्डबाट हटाउने तयारी चलि रहदा आफैले राजिनामा दिएकी हुन् ।

