चलचित्र ‘रुमालै छ चिनो’ को पोष्टर सार्वजनिक

यहि फागुन १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रुमालै छ चिनो’ को पोष्टर सार्वजनिक गरिएको छ।यसअघि ट्रेलर र गीत रिलिज भइसकेको यो चलचित्रको सार्वजनिक चार पोष्टरमा मुख्य भूमिकामा रहेका नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन्।

दिनेश सिंह ठकुरी निर्देशीत यो चलचित्र काठ क्षेत्रका चर्चित गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण गरिएको हो।ज्योती फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम प्रसाद पाण्डेको सयुक्त लगानी छ।

निर्देशक ठकुरीले चलचित्रको पोष्टर रिलिज सँगै अहिले मिक्सिङको काम भइरहेको जानकारी गराए। ‘अहिले पोष्टर रिलिज गरेसँगै पोष्ट प्रोडक्सनको काम गरिरहेका छौं, साथै पोष्टरहरु सबैहलहरुमा पुगिसकेको छ’ ठकुरीले जानकारी दिए।

यसअघि अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर रहेको ‘ए माया…’ बोलको गीत सार्वजनिक भइसकेको छ भने आउँदो शुक्रबार अर्को बियोगान्त गीत सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशक ठकुरीले जानकारी दिएका छन्।

बिनोद सापकोटाले छायांकन र शिब थारुले सम्पादन गर्ने यो चलचित्रमा सुशान्त र अप्सनाको साथमा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रमा रेशम थापाको कथा छ।

Namaste Filmy

Read Previous

सोनाक्षी सिन्हाको टोटल धमालमा बिकिनी लगाएर हट आइटम डान्स (भिडियो)

Read Next

अख्तियार प्रमुख आयुक्त घिमिरेले गरे '१०० कडा १०' को प्रशंसा