अख्तियार प्रमुख आयुक्त घिमिरेले गरे '१०० कडा १०' को प्रशंसा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नबिन घिमिरेले ‘१०० कडा १०’ अख्तियारको मुल मर्मलाई बोकेर बनेको चलचित्र भएको बताएका छन् । पुल्चोक स्थित क्युएफएक्स हलमा चलचित्र हेरेर निस्किए पछी प्रतिकृया दिदै आयुक्त घिमिरेले त्यस्तो बताएका हुन् । उनले चलचित्रले सामाजिक सन्देश दिने भएकोले सम्पूर्ण नेपालीलाई ‘१०० कडा १०’ हेर्न आग्रह समेत गरेका छन् । यस्तै उनले चलचित्रमा राष्ट्रले भोगिरहेको भ्रष्टचारको कथा रहेकोले पनि सबैले एक पटक चलचित्र हेर्नै पर्ने बताएका छन् ।
घिमिरे सँगै फिल्म हेर्न हल पुगेकी आयुक्त डा. सावित्री गुरुङले चलचित्रले मनोरन्जनको साथ साथै महत्वपूर्ण सामाजिक सन्देश दिएको बताईन् । गुरुङले ‘१०० कडा १०’ कुनै बिशेष बर्ग अथवा उमेर समुह भन्दा पनि सम्पूर्ण नेपालीले हेर्नु पर्ने बताएका छिन् । गुरुङले ‘१०० कडा १०’ जस्तो सामाजिक चलचित्र निर्माण गरेकोमा चलचित्र युनिटलाई धन्यवाद तथा शुभकामना पनि दिईन् ।
आफ्ना भक्तजन सहिद फिल्म हेर्न पुगेकी माता विदुषी सपनाले ‘१०० कडा १०’ कसैले पनि छुटाउनै नहुने चलचित्र बनेको प्रतिकृया दिएकी छिन् । माता सपनाले चलचित्रले निकै महत्वपूर्ण सामाजिक सन्देश बोकेको पनि बताईन् ।
चलचित्र हेरेर निस्किएका दर्शकहरुले पनि ‘१०० कडा १०’ सामाजिक चलचित्र भएकोले सबैलाई एक पटक हेर्न आग्रह गरेका छन् । सुपरहिट चलचित्र ‘प्रेम गीत २’ का निर्देशक रामशरण पाठक निर्देशित चलचित्रमा रज्जु प्रधानको कथा रहेको छ । दर्शन नेपाल कृयसनको प्रस्तुती रहेको चलचित्र ‘१०० कडा १०’ लाई रज्जु प्रधान उत्तम खत्री, डि आर उपाध्याय र सन्जिव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।चलचित्रमा निर्मात्री प्रधानको कथा रहेको छ । चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, रवि डंगोल, अमृत ढुंगाना, करुना श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोख्रेल, सोनिया राई आदिको मुख्य अभिनय रहेको छ ।
राजाराम पौडेल कार्यकारी निर्माता रहेको चलचित्रको सह निर्माताहरुमा निरौला सँगै बालकृष्ण घिमिरे र साजन थापा रहेका छन् । चलचित्रलाई रमेश्वर कार्कीले छांयाकन गरेका हुन् भने बनिश शाहले सम्पादन गरेका हुन् । चलचित्रमा डि आर उपाध्याय, राम शरण पाठक र रवि मल्लको शब्द, कल्यान सिंहको संगीत, स्वप्न सुमन, त्रिशला गुरुङ, सन्देश पाठक र सागर संसार राईको आवाज तथा दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘रुमालै छ चिनो’ को पोष्टर सार्वजनिक

Read Next

सलमान खानले निर्देशक सुरज बड़जात्या नया फिल्ममा काम गर्दै