सलमान खानले निर्देशक सुरज बड़जात्या नया फिल्ममा काम गर्दै

निर्देशक सुरज बड़जात्या सँग सलमान खानले ४ हिट फिल्ममा काम गरिसकेका छन् । सलमानले सुरज सँग पहिलो हिट फिल्म ‘मैने प्यार क्यु किया’ मा काम गरेका थिए । उक्त फिल्मले बक्स अफिसमा धमान मच्चाएको थियो । उक्त फिल्म पछी सलमानले कहिले पनि पछाडी फर्किनु परेको छैन । ‘मैने प्यार क्यु किया’ पछी सलमानले सुरज सँग ‘हम आपके हैं कौन’ ‘हम साथ साथ हैं’ र ‘प्रेम रतन धन पायो’ जस्ता सुपरहिट फिल्ममा काम गरेका थिए ।

चार हिट फिल्ममा सँगै काम गरेका सलमान र सुरज अब अर्को फिल्ममा काम गर्ने योजनामा रहेका छन् । उक्त फिल्म यि दुईले सँगै काम गर्ने पाचौं फिल्म हुने बताईएको छ । हालै मात्र निर्देशक सुरजले सलमानलाई एउटा फिल्मको कन्सेप्ट सुनाएका छन् र सलमानलाई पनि उक्त कन्सेप्ट मन परेको छ । यि दुई सँगै काम गर्ने तयारी रहेका छन् । उक्त फिल्म एक्सन प्याक्ड फिल्म हुने बताईएको छ । तर निर्देशक सुरजले भने उक्त फिल्म एक्सन प्याक्ड नभई पारिवारिक फिल्म हुने बताएका छन् । फिल्ममा इमोशन र ड्रामा हुने हुने बताईएको छ ।

सलमान र सुरज एक अर्का सँग काम गर्न उत्सुक रहेको बताईएको छ । फिल्मको बारेमा अहिले केही पनि खुलाईएको छैन । सलमान अहिले ‘भारत’ को काममा ब्यस्त रहेका छन् भने निर्देशक सुरज पनि आफ्नो छोरा अविनाशको फिल्म ‘हम चार’ को प्रदर्शनको तयारीमा रहेका छन् ।

Namaste Filmy

Read Previous

अख्तियार प्रमुख आयुक्त घिमिरेले गरे '१०० कडा १०' को प्रशंसा

Read Next

चलचित्र ’जानी नजानी’ को ’कभर डान्स कम्पिटिसन’