"राधा'ले गर्यो च्यारीटी सो

1381513_1377403312500286_247397490_nचितवनको आभास टेलिभिजनले निमार्ण गरेको चलचित्र राधाको सोमबार चितवनमा च्यारीटी सो गरिएको छ । नारायणगढको ईन्द्रदेव चलचित्र मन्दिरमा चलचित्रका कलाकार तथा अन्य सुवेक्षुकहरुको सहभागीतामा च्यारीटी सो गरीएको हो ।सोमबार भएको च्यारीटी सो ५०० जना भन्दा बादी दर्शकले चलचित्र हेरेका थिए ।एक विधुवा नारीको कथा समेटीएको चलचित्रको निर्देशन तथा कथा पप्पु रौनियारको रहेको छ । चलचित्रमा दिपक अधिकारी, मिना पंगीनी, कमल श्रेष्ठ, हिमाल वाग्ले, लिना लामिछाने लगाएतका कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्र हेरीसकेपछि दर्शहरुले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए । चलचित्र ‘राधा’मा विष्णु प्रसाद चालिसेको छायांकन तथा सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

बन्ने भयो 'आर्या' । 'डि कम्पनी' प्रदर्शनको लागी तयार ।

Read Next

एक्कासी रिलिज गरियो, 'हिम्मतवाली'का गीतहरु ।