एक्कासी रिलिज गरियो, 'हिम्मतवाली'का गीतहरु ।

[dropcap]के[/dropcap]हि साता अघि मात्र छयांकन सकिएको फिल्म‘हिम्मतवाली’को गीतहरु सार्वजनिक भएका छन् । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्मको गीतहरु युटुब मार्फत सार्वजनिक भएको हो । नव वर्ष ०७१ सालको अवसर पारेर एक साता अघि मात्रै ‘फस्ट लुक’ सार्वजनिक गरेकी हिम्मतवालीका गीतहरु युटुबमा भेटीएपछि धेरै जना चकित परेका छन । गीत रिलिज गर्न किन यति हतार गरिन त रेखा थापाले, सबैको चासोको विषय बनेको छ ।himmatwali
सार्वजनिक गरिएको गीतहरुमा ‘काली तिम्रो नजरले गोली लाग्यो’,‘मलाई पागल बनाउने’ युगल र मलाई पागल बनाउने’ महिला तथा पुरुषका आवाजमा रहेका छन् । टंक बुढाथोकीको संगीत रहेको यी सबै गीतमा टक बुढाथोकी र मनिषा पोखरेलको आवाज छ । गीतमा शब्द  दयाराम पाण्डे र दिनेश सुवेदीले कोरेका छन् । सार्वजनिक गीतहरुले स्रोताको मन सजिलै जित्न सक्ने देखिएका छन ।
निर्माण सुरु भएलगतै विभिन्न कारण चर्चामा रहेको फिल्म हिम्मतवाली लाई अभिनेत्री थापाले नै निर्देशन गरेकी हुन । फिल्मका निर्देशक श्याम भट्टराई संग विवाद चर्किएपछि उनलाई हटाएर  रेखा स्वयमले फिल्मको निर्देशन गरेकि थिइन । फिल्ममा अभिनेत्री रेखा थापासंगै दुवै हात नभएका सुदर्शन गौतम, अभय चन्द लगायतको मुख्य भुमिका छ । त्यसो त रेखा र सुदर्शनबीच अफेयर चलिरहेको हल्ला पनि पछिल्लो समय चलिरहेको छ । सामाजिक सञ्जाल फेसबुकमा यी दुईले एकअर्कालाई मायाले सम्बोधन गरेपछि यस्तो चर्चा चलेको हो ।

गत बर्षकी  नम्बर वान अभिनेत्री थापाले निर्माण गरेको फिल्म ‘काली’ बर्ष २०७० कै सर्वोत्कृष्ट फिल्म बनेको थियो । थापा फेरी त्यहि सफलतालई दोहोर्याउदै इतिहास रच्ने लक्ष्यका साथ ‘हिम्मतवाली’को निर्माण गरिरहेकी छिन । फिल्म ‘हिम्मतवाली’ अगामी दर्शको फुलपातीबाट प्रदर्शनमा आउनेछ । स्मरण रहोस गतबर्षको ब्लकबस्टर फिल्म ‘काली’ पनि फुलपातीकै दिन रिलिजमा आएको थियो ।

सुन्नुहोस गीतहरु :

Namaste Filmy

Read Previous

"राधा'ले गर्यो च्यारीटी सो

Read Next

आर्यन र गजित 'पुनर्जन्म' तिर लाग्दै ।