आर्यन र गजित 'पुनर्जन्म' तिर लाग्दै ।

10154073_623814551032197_3262994734672122240_nकन्यादान , राज , बर्षात , फुलस्टप , जंजिर चलचित्र निर्माण गरेका निर्माता मोहन कृष्ण श्रेष्ठले अब ‘पुनर्जन्म” (रि बर्थ) चलचित्र निर्माण गर्ने भएका छ ।हाल चलचित्रको गीत रेकड़िंग भई रहेको छ । छ गते मात्रै बिहे गरेका नायक आर्यन सिग्देल बिहे लगतै चलचित्र ‘पुनर्जन्म” (रि बर्थ) सुटिंगमा व्यस्त हुने भएका छन् ।वैशाख १२ गते चलचित्रको मुर्हत गरेर लगतै १३ गते बाट चलचित्र ‘पुनर्जन्म” (रि बर्थ) सुटिंग सुरु गरिने छ ।420239_10150735465510097_1397490257_nअहिले चलचित्रको गीत रेकड़िंग सगै वोर्कशोप पनि चलिरहेको छ । चलचित्रमा आर्यन सिग्देल, केकी अधिकारी , गजित विष्ट, सुस्मिता शाही , मिथिला शर्मा , लक्ष्मी गिरि, देशभक्त खनाल , सुरबीर पण्डित लगायत कलाकारको मुख्य भूमिका रहने छ ।चलचित्र ‘पुनर्जन्म” (रि बर्थ)मा पहिलो पटक आर्यन सिग्देल र गजित विष्ट सगै अभिनय गर्ने भएका छन् ।1488183_657955554255238_1280279776_nचलचित्र ‘पुनर्जन्म” (रि बर्थ) मा बसन्त सापकोटाको संगीत,. कमल राईको नुत्य तथा सुदर्शन श्रेष्ठको कथा रहने छ । चलचित्र ‘पुनर्जन्म” (रि बर्थ) बाट साजन श्रेष्ठले निर्देशन गर्ने भएका छ ।धेरै चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरि सकेका साजन श्रेष्ठले धेरै चलचित्रको सम्पादन समेत गरेका छन् भने यो चलचित्र उनको निर्देशकको रुपमा डेबू चलचित्र नै हो ।10246785_758967020803631_5483411627185875772_nचलचित्रमा मोहन कृष्ण श्रेष्ठ सगै भद्र बहादुर शाही र शिव प्रसाद चौलागाई समेत लगानी रहने छ । सत्य घटनामा आधारित रहेर निर्माण हुन लागेको चलचित्र ‘पुनर्जन्म” (रि बर्थ)को छायांकन काठमाण्डौ, दमन ,चितवनमा हुने भएको छ ।

Namaste Filmy

Read Previous

एक्कासी रिलिज गरियो, 'हिम्मतवाली'का गीतहरु ।

Read Next

शाहरुखको भ्यानले करणवीरको कारलाई ठक्कर दियो ।