शाहरुखको भ्यानले करणवीरको कारलाई ठक्कर दियो ।

[dropcap][/dropcap]टक पटक विभिन्न तनाव भोग्दै आइरहेका बलिउड बादशाह शाहरुख खानलाई फेरी नयां तनावआइपरेका छन । समाचारअनुसार शाहरुखको निजी भैनिटी भ्यानले टेलिभिजन स्टार करणवीर बोहोराको कारलाई ठक्कर दिएको छ । ठक्कर दिएपछि करणवीरको कार पुर्ण रुपमा क्षति भएको बताइएको छ । एक प्रत्यक्षदर्शीको अनुसार मुम्बई स्डुडियोबाट बहिरिदै गर्दा शाहरुखको भैनिटी भ्यानले कारलाई ठक्कर दिएका हुन ।saharukhउसबखत कारभित्र शाहरुख भने नरहेको बताइएको छ । ठक्कर पछि शाहरुखको ड्राइभरले करणवीरसंग माफी मागेको बताइन्छ । शाहरुखको म्यानेजरले पनि करणवीरसंग भेटेर यसबारेमा कुनै कानुनी तरिकाले नजान आग्रह गरेका छन । तर यसबारेमा टेलिभिजनका पपुलर अभिनेता करणवीर को कुनै प्रतिक्रिया आएको छैन । बादशाह शाहरुखले पनि यस विषयलाई गोप्य रुपमै समाधान गर्न चाहेको बुझिएको छ ।
को हुन करणवीर ?
करणवीर टेलिभिजन को फेमस अभिनेता हुन । उनलाई एकता कपुरको सिरीयल कसौटी जिन्दगीकिमा प्रेमको भुमिकामा देखिएको थियो । त्यसपछि पनि उनी कयौ टि भी सिरीयलहरुमा देखिएका छन । उनी क्यो कि सास भी कभि बहु थि, शरारत, कभि कभि प्यार कभि कभि यार, जस्ट मोहब्बत र सौभाग्यवती भव लगायतका सिरीयलमा काम गरिसकेका ब्यक्ति हुन । हाल उनी खतरो कि खिलाडिको कन्टेस्टेन्टको रुपमा रहेका छन । karanbir

Namaste Filmy

Read Previous

आर्यन र गजित 'पुनर्जन्म' तिर लाग्दै ।

Read Next

गोविन्द प्रसादको 'कहिले मिलन कहिले बिछोड' । भिडियो ।